काठमाडौँ। दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी– ७ निवासी ४३ बर्षीया सोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो । सो दुर्घटनामा परी दर्जन भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।
भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुन पुगेका छन । दुई दर्जन बढी घाइते भएको उल्लेख गर्दै प्रहरीले ११ जनाको भने अवस्था गम्भीर रहे पछि नेपालगञ्जलगायतका स्थानमा थप उपचारका लागि पठाइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ