सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

सापकोटाको नेतृत्वमा माओवादीका २० नेता चीन भ्रमणमा

प्रकाशित समय: शुक्रवार, १२ : ०४ बजे जेठ ५ गते



सापकोटाको नेतृत्वमा माओवादीका २० नेता चीन भ्रमणमा

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेको छ ।

 

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्द प्रस्थान गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष  जीपी मैनालीले जानकरी दिए। उनी पनि भ्रमण टोलीका सदस्य हुन्।

 

भ्रमण दलमा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा सहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरू तथा केन्द्रीय नेताहरू रहेको मैनालीले बताए।