सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

मेलम्ची प्रहरीद्वारा अवैध मदिरा नष्ट

प्रकाशित समय: सोमवार, ०६ : ५० बजे पुष ३० गते



मेलम्ची प्रहरीद्वारा अवैध मदिरा नष्ट

सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय मेलम्चीले आज मदिरा बनाउन प्रयोग हुने पदार्थसहित अवैध मदिरा नष्ट गरेको छ।

 

इलाका प्रहरीले विभिन्न समयमा गस्तीका क्रममा बरामद गरिएका अवैध घरेलु मदिरा आज नष्ट गरेको हो।

 

अवैधरुपमा बेचबिखन गर्न जाँदैगरेका ३२० लिटर घरेलु मदिरा र अन्दाजी २०० किलो बनाउन प्रयोग हुने कच्चापदार्थ मर्चा स्थानीय जनप्रतिनिधि, नागरिक समाज र पत्रकारको उपस्थितीमा नष्ट पारेको हो।

 

इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र दर्नालले मदिराले समाजमा विकृति फैलाएकोले मदिरा नियन्त्रण अभियान तीव्र पारिएको बताए।