सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै

प्रकाशित समय: शनिवार, ११ : २६ बजे जेठ ६ गते



सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै

काठमार्डौँ । सुदूरपश्चिम प्रदेश सरकार आज (शनिबार) विस्तार हुने भएको छ। शुक्रबार नै गर्ने भनिए पनि सत्तारुढ दलबीच सहमति नजुटेपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।

 

सुदूरपश्चिममा अहिले चार मन्त्रालय ​मन्त्रीविहीन छन्। छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २/२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए। चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको हो।

 

बिहान ११ बजे शपथग्रहणको तयारी रहेको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए। उनका अनुसार माओवादी केन्द्रबाट झपटबहादुर साउद र रमेश सिंह धामी मन्त्री र गीतादेवी माल राज्यमन्त्री बन्ने छन्। कांग्रेसले पनि एक जनाको नाम टुंगो लगाउन बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ ।