धनगढी । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, दुई जना घाइते छन् ।
आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले बताए ।
अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको र निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनको भनाइ छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।
हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ