सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

आज प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण पेस गरिँदै

प्रकाशित समय: आइतवार, १० : १६ बजे जेठ १४ गते



आज प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण पेस गरिँदै

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आज संसदमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्दै छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिँउसो १ बजे बोलाइएको छ ।

 

सरकारले संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्नु अघिल्लो दिन आज आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो ।प्रत्येक वर्षको जेठ १५ गते सरकारले वजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री डाक्टर महतले भोलि संघीय संसदको संयुक्त बैठकमा बजेट पेस गर्दै छन् ।

 

यसैगरी नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूचि पनि सार्वजनिक गरिएको छ । यसका लागि आज ११ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

 

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले “संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस्” भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।