काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान ११ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक डाकेका हुन् ।
बैठकमा १५ गते (भोलि) गणतन्त्र दिवसमा हुने कैद छुट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने उच्च स्रोतले जानकारी दिएको छ । दुवै विषयमा अस्ती बसेको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेपछि सबै टुङ्गो लागि नसकेकोले आज टुङ्ग्याउने गरी बस्न लागेको एक जना मन्त्रीले बताए ।
उनका अनुसार आज अरु पनि केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ