सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

प्रकाशित समय: आइतवार, १२ : ०४ बजे जेठ १४ गते



रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेकाे सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

 

गणतन्त्र दिवसका अवसरमा उनकाे बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको उनले बताइन् ।चाैधरीसँग अन्य केहीकाे बाँकी सजाय र केहीकाे सजाय माफी गर्ने निर्णय भएकाे उनले जानकारी दिइन् ।मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन्।चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

 

रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्ने लगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसदमा ४ सिट जितेको छ।