काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मान्यतासंग बाझिने गरि नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताउनुभएको छ । रो
शुक्रबार काठमाडौंमा नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै थापाले पार्टीको आधारभूत मान्यतासंग बाझिने गरि पार्टी सभापतिले एकलौटी रुपमा निर्णय गर्दै आएको भन्दै अव एकलौटी निर्णयलाई नमान्ने बताउनुभएको हो ।
उहाले रेशम चौधरीलाई आममाफी दिने, नागरिकताको बिषय, प्रदेश सरकारको बिषय, सांसद बिकास कोष लगाएतका गम्भीर निर्णयहरु सभापतिले एक्ले गरेको भन्दै कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले सञ्चारमाध्यमबाट थाहा पाउने अवस्था आएको जिकिर गर्नुभयो । महामन्त्री थापाले पार्टी नेतृत्वले एकपछि अर्को गलत निर्णय गर्दै गए भारीले पार्टीलाई कहिल्यै उठ्न नसकने गरि थिच्ने धारणा राख्नुभयो ।
उहाले अव पार्टीलाई बदल्न कांग्रेसका सवै नेता कार्यकर्ताले आफुलाई बदल्न सक्नुपर्ने बताउनुभयो । उहाले पार्टीको सदस्यता वितरणको प्रक्रिया नै गलत भएकाले गुटउपगुट हावी भएको भन्दै सदस्यता वितरण प्रणालीलाई नै वदल्नुपर्ने जिकिर गर्नुभयो ।
त्यस्तै उहाले गुटलाई जोगाउन खोज्दा पार्टी नै कमजोर हुने अवस्था रहेकाले यसलाई भत्काउने कामको सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ