रुकुमपश्चिम, नेपाली काँग्रेसका नेता डा.रामशरण महतले वाइडबडी जहाज खरीदमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दोषि भएमा कारबाहि हुनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता महतले उक्त अनियमिततामा संलग्न जोसुकै भएपनि कारवाहीको भागेदार हुनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रेस युनियन पश्चिम रुकुमले चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले काँगे्रस सभापति माथी आरोप लागेको र छानबिन पछि बास्तबिकता बाहिर आउने बताउनुभयो ।
आरोप सत्य हुन्छ भन्ने छैन, दोषी ठहरिए उहाँमाथिपनि कारवाही हुन्छ डा. महतले भन्नुभयो,‘संसदको सार्वजनिक लेखा समिति अन्र्तगतको छानवीन उपसमितिले छानवीन गरि दोषी ठहर्याईसकेपछि सरकारले पुनःअर्को छानवीन समिति गठन गरेर दोषी उम्काउन खोजेको छ । यसले संसदीय सर्वोच्चता र लोकतन्त्रकै खिल्ली उडाएको छ । अनियमिततामा संलग्नलाई कारवाही हुनुपर्छ ।
उहाँले देशमा अराजकता र भष्टाचार मौलाउदै गएको बताउँदै सरकारले विकास र सुशासन दिन नसकेको आरोप लगाउनुभयो । प्रधानमन्त्री केपीशर्मा वली सानातिना कुरामा अल्झिएको बताउँदै उहाँले प्रधानमन्त्री कार्यालयलाई विभिन्न विभागहरुको अखडा बनाउँदै गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, यो राम्रो कुरा होइन प्रधानमन्त्रीले समन्वय गर्ने र निर्देशन दिने हो तर उनी हरेक कुरामा आफै हस्तक्षेप गदैछन् । यसले लोकतन्त्रलाई सुदृढ गर्दैन ।
कतिपय स्थानिय सरकारहरुले मनोमानी कर उठाईरहेको, बजेट खर्च मनोमानी रुपमा गरिरहेको, भष्टाचार बढिरहेको भएपनि संघिय सरकारले नियन्त्रण गर्न नसकेको नेता महतले बताउनुभयो । देशमा अराजकता बढेपनि सरकारले सुशासन कायम गर्न नसकेको उहाँले आरोप लगाउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ