सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

भारतमा रेल दुर्घटना : २३३ जनाको मृत्यु, नौसय बढी घाइते

प्रकाशित समय: शनिवार, १० : २८ बजे जेठ २० गते



भारतमा रेल दुर्घटना : २३३ जनाको मृत्यु, नौसय बढी घाइते

काठमाडौँ । भारतको आडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ३३ जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् । उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।