सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

आजदेखि संसदमा बजेटमाथि छलफल सुरु हुँदै

प्रकाशित समय: आइतवार, १० : ३५ बजे जेठ २१ गते



आजदेखि संसदमा बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौं । संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ ।

 

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रिय सभा बैठक १ बजेदेखि सुरु हुँदैछ ।बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पेस गर्ने र त्यसमाथि सदस्यहरूले धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ ।

 

यसअघि राष्ट्रपति कार्यालयले पठाएको नागरिकता विध्यक प्रमाणीकरण भएको पत्र सभामुख देवराज घिमिरेले सुनाउने कार्यसूची छ ।त्यसपछि, आजैदेखि चारदिनसम्म छलफल गर्ने र यही जेठ २५ गते अर्थमन्त्री महतले जवाफ दिएपछि बजेट पारित गर्ने योजना छ ।

 

अर्थमन्त्री महतले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेका थिए ।