काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस आजदेखि सुरु हुनेछ ।
आजदेखि थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् । थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश हुनेछ ।थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट आठजनाले बहस गर्नेछन् भने प्रत्येक अभियुक्तका आफ्ना कानुन व्यवसायी समेतले बहस गर्ने छन् ।
पक्राउ परेका सबै १८ अभियुक्तको शुक्रबार वयान सकिएको थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ