सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

प्रकाशित समय: आइतवार, ०५ : ०६ बजे जेठ २१ गते



गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा । गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

 

प्रदेश सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने जनाएको हो । खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने साथै यसबाट लाग्ने विद्युत महशुलमा अनुदान दिने प्रदेश प्रमुखले बताए ।

 

यस्तै प्रदेश सरकारले सार्वजनिक खर्चलाई मितव्यपी बनाउन, चालू खर्च कटौती गर्ने र पूँजीगत खर्च बढाउने विषयलाई प्रथामिकता दिने जनाएको छ । कृषि र पशु बिमा कार्याक्रम सञ्चालन मार्फत नागरिकलाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।