सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

कहीँ कोही कन्फ्युज नहोस् मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन :प्रधानमन्त्री

प्रकाशित समय: सोमवार, १२ : ३५ बजे जेठ २२ गते



कहीँ कोही कन्फ्युज नहोस् मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन :प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् ।

 

‘मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रष्ट होस्’, प्रचण्डले भने, ‘कहीँ कोही कन्फुजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’आफूले सोहीअनुसार आफ्नो भूमिका खेलेको पनि प्रचण्डले बताए ।