सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

प्रकाशित समय: मगलवार, ११ : २० बजे जेठ २३ गते



राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

काठमाडौँ, २३ जेठ ।राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ ।आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

 

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।रासस