सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

प्रकाशित समय: मगलवार, ०२ : १२ बजे जेठ २३ गते



कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

विराटनगर । माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

 

विराटनगरमा मंगलबार बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाइएको छ ।

 

कोशी प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।९३ सदस्यीय प्रदेशसभामा अहिले मुख्यमन्त्री कार्कीसँग एमालेका ४०, माओवादीका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जनाको समर्थन कायम छ । यो भनेको प्रदेशसभाको प्रष्ट बहुमत हो ।

 

अहिले विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद मात्रै छन् । माओवादीले सरकार छोड्ने निर्णय लिँदा भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउने भएका छन् । एमाले र राप्रपाको सिट संख्याले मात्रै प्रदेशसभाको बहुमत नपुग्ने भएकाले उनले विश्वासको मत लिनुपर्ने अवस्था आउने छ ।