सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय

प्रकाशित समय: मगलवार, ०२ : १४ बजे जेठ २३ गते



कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।

 

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको हाे ।जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

 

अब केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुले आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहेका छन् । माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ ।

 

यद्यपि सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस प्रदेश सांसद कार्की बताउँछन् ।