काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको बिषयमा सत्यता नरहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै अर्थमन्त्री महतले बजेट निर्माणका क्रममा आफूले इमान्दारपूर्वक काम गरेको भन्दै करको दर हेरफरेका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको बिषयमा सत्यता नभएको बताउनुभएको हो ।
उहाले राजश्व परामर्श समितिको सुझाव र आन्तरिक छलफलबाट नै बजेटलाई अन्तिम रुप दिएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफुले लिने जिकिर गर्नुभयो । बजेट निर्माणमा संलग्न भनिएका पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठले आधिकारिक निर्णय भएको कुरालाई टाइप गर्ने काम गरेको र निर्णय प्रक्रियामा संलग्न नरहेको उहाले बताउनुभयो ।
मन्त्री महतले आफु मन्त्रालयमा आउनुभन्दा अगाडि नै सहयोगीका लागि श्रेष्ठको नियुक्ति भइसकेको बताउनुभयो । विधुतिय गाडीको बिषयमा उहाले सानो क्षमताका लागि कम कर र ठूलो क्षमताका लािग त्यही अनुसारको कर लगाएको भन्दै केहि बिरोधीहरुले अनावश्यक हल्ला फैलाएको बताउनुभयो ।
प्रभाव र दवावमुक्त भएर काम गर्ने प्रतिवद्धताका साथ अर्थमन्त्रालयमा छिरेको भन्दै त्यही प्रतिवद्धताका आधारमा आफुले काम गरेको उल्लेख गर्नुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ