काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।
जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी सांसदले धारणा र जिज्ञासा राखिसकेका छन् ।त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन-२०७९ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तैगरी, सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट वि.सं.२०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, वि.सं. २०६४ सालको संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत सदस्य महेश चौधरीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--