काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारबाट भएको थुनछेक बहस सुरु भएको थियो ।
मंगलबारसम्म सरकारी वकिल तथा जाहेरवालाको तर्फबाट बहस भएको थियो । बुधबारबाट अभियुक्तहरूको तर्फबाट बहस सुरु भएको थियो ।शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ, इन्द्रजित राई र टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले बहस गरेका छन् । कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण तारेख वा सामान्य धरौट माग गरिरहेका छन् ।
आइतबार पनि थुनछेक बहसले निरन्तरता पाउने छ । आइतबार अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायले बहस गर्नेछन् ।
न्यायाधीश न्यौपानेले बहसको पहिलो दिन नै अभियुक्तहरूका कानुन व्यवसायीलाई आगामी मंगलबार (जेठ ३०) भित्र बहस सक्न भनेका थिए । जसअनुसार अब बाँकी रहेका ११ जनाको बहस अबको तीन दिनभित्र सकिने छ ।
बुधबार सरकारी वकिलले जवाफी बहस गर्ने छन् । त्यसपछि इजलासले थुनछेक आदेश दिने छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ