काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । माओवादीका पूर्वलडाकु लेनिन विष्टले आफूलाई बालसैनिकको रुपमा दुरुपयोग गरेको भन्दै उनीहरु विरुद्ध रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले विष्टले दायर गरेको रिट दरपिठ गरेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको शुक्रबारको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।
पूर्वलडाकु विष्टले आफूलाई बाल सैनिकको रुपमा दुरुपयोग गरेको भन्दै तत्कालीन सशस्त्र युद्धका नेताद्वय दाहाल र भट्टराईमाथि कारबाही हुनुपर्ने मागसहित रिट दायर गरेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ