सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

बोरिस जोनसनले दिए संसद पदबाट राजीनामा

प्रकाशित समय: शनिवार, ०९ : ०७ बजे जेठ २७ गते



बोरिस जोनसनले दिए संसद पदबाट राजीनामा

काठमाडौं ।बेलायतका पूर्व प्रधानमन्त्री एवं टोरी पार्टीका प्रभावशाली सांसद बोरिस जोनसनले सांसद पदबाट राजिनामा दिएका छन् ।

 

सांसदको नेतृत्वमा रहेको विशेषाधिकार समितिको प्रतिवेदनले प्रधानमन्त्री भएका बेला डाउनिङ स्ट्रिटमा लकडाउनको नियम उल्लंघन गरेर पार्टी गरेको र संसदलाई गुमराहमा राखेकोमा दोषी ठहर गरेसँगै जोनसनले राजिनामा दिएका हुन् ।

 

पार्टीगत रिपोर्टको अग्रिम प्रतिलिपि प्राप्त गरेपछि बोरिस जोनसनले टोरी सांसदको रूपमा तुरुन्तै राजिनामा गर्ने बताइएको हो । जोनसनले आक्रोशित हुने आफूलाई पार्टीबाटै निस्कासन गर्ने रणनीति लिएको आरोप लगाए ।

 

विशेषाधिकार समितिले भने जोनसले हाउस अफ कमनस्सको अखण्डतालाई खण्डन गरेको जनाएको छ । साथै सदनको कार्यविधि र जनादेशका पालनाका विषयमा छिट्टै प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ । त्यसका लागि आगामी सोमबार बैठक बोलाइएको छ ।

 

जोनसनले प्राप्त गरेको अग्रिम प्रतिवेदनका आधारमा राजिनामा दिंदै अनुसन्धान पूर्वाग्रही भएको आरोप लगाएका छन् ।