ललितपुर,नेपाल स्काउटले ललीतपुरको गोदावरी नगर संयोजकको जिम्मेवारी युवा स्काउट तथा पत्रकार दिपक अर्यालले पाएका छन । बैसाख ९ गते बसेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठकले उनलाई गोदावरी नगरपालिकाको संयोजकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै ललीतपुरको महानगरपालिको संयोजकमा गोपाल मर्हजन , महालक्ष्मी नगरपालिकामा मुना खनाल बागमी गाउँपालिकामा बाबु लाल घलान , कोन्ज्योसोमा गाउँपालिकामा मिलन तामाङ , र महाकाल गाउँपालिकामा कल्याण महतले संयोजकको जिम्मेवारी पाएका छन ।
बिगत ९ बर्षदेखी नेपाल स्काउटको आवधिक निर्वाचन नभएको अवस्थामा स्काउटिङ गतिबिधिहरु संचालन गर्नका लागी देशका ७ सय ५३ वटै स्थानिय तहमा संयोजक तोकिएको हो । स्थानिय तहको स्काउट संयोजकको जिम्मेवारी पाएकाहरुलाई स्काउटका शैक्षिक, सामाजिक तथा सांगठनिक गतिबिधिहरुलाई स्थानिय स्तरमा विस्तार गरि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको लक्ष, दुरदृष्टी र निर्णयहरु कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको छ । स्थानिय तहका स्काउटहरुले हरेक बिद्यालयमा स्काउट ईकाई निमार्ण गरि सबै बालबबालिका तथा युवाहरुलाई स्काउटिङ अभियानमा सरिक गर्ने बताईएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ